
झापा, ११ कात्तिक । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज तोलामा २९०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य आज घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन १० ग्रामको २ लाख ३ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैबीच, मंगलबार चाँदीको मूल्य समेत घटेको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Facebook Comments Box



