भोजपुर, १५ कात्तिक । भोजपुरको षडानन्द नगरपालिका–४ स्थित दुबेस्थित चाम्लादाङबाट दिङलातर्फ आउँदै गरेको लकडी लोड ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार प्रदेश नं. १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर दुर्घटनामा परेर चालक २५ वर्षीय आईतबहादुर तामाङ (केराबारी, षडानन्द–४) र १७ वर्षीय नवीन तामाङ (चरम्बी, अरुण–४) को घटनास्थलमै मृत्यु भएको हो।
घाइते चार जनामध्ये १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीया सुनिता तामाङको दिङला नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box


