झापा, १९ कात्तिक । झापाको छुट्टाछुट्टै दुई स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कात्तिक १८ गते झापाको भद्रपुर नगपालिका–५ स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का राजु माझीलाई ७ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी बुट्टाबारीले बिर्तामोड नगरपालिका–६ का संजय गिरी र सोम बहादुर राईलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणममा लिएको हो । पक्राउ परेका उनीहरुको थप अनुन्धान भइरहेको छ ।

Facebook Comments Box

