
झापा, २० कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य घटेको छ भने कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३२ पैसा छ। हिजो युरो १ को खरिदर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८५ रुपैयाँ १६ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ७० पैसा र बिक्रीदर ९२ रुपैयाँ ०९ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४५ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७९ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ५२ पैसा थियो । आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०६ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।




