झापा, २६ कात्तिक । यस वर्षको मनसुन अवधिमा औसतभन्दा बढी वर्षा भए पनि जनधनको क्षति गत वर्षको तुलनामा कम भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष १ हजार ४५४ विपदजन्य घटना हुँदा १४० जनाको मृत्यु भएको छ भने गत वर्ष २ हजार १३९ घटनामा ४९५ जनाको ज्यान गएको थियो ।
बाढी, पहिरो, चट्याङ र भारी वर्षाका कारण ५ हजार ९९५ घरपरिवार प्रभावित भएका छन्। इलाममा सबैभन्दा बढी ३९ जनाको मृत्यु भएको छ। मनसुन जेठ १५ गते सुरु भई असोज २४ गतेसम्म १३५ दिन कायम रह्यो । सरकारले पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना लागू गरी क्षति न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको प्राधिकरणको निष्कर्ष छ ।
Facebook Comments Box


