
झापा, २६ कात्तिक । कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगका कारण १ हजार ११६ वटा चौपायाको मृत्यु भएको छ।
गर्मी र वर्षातको मौसममा देखिएको यो भाइरसजन्य रोग प्रदेशका ३ लाख ९४ हजार ५८५ चौपायामध्ये ३ लाख १५४ मा देखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय धरानले जनाएको छ।
निर्देशनालयले सुई लगाएर रोग नियन्त्रणमा लिन सफल भएको जनाएको छ। सोलुखुम्बु बाहेक सबै जिल्लामा रोग देखिएको भए पनि पाँचथर र तेह्रथुममा कुनै मृत्यु भएको छैन। गाईभैँसीमा लाग्ने यो रोगमा गिर्खा, ज्वरो, घाउ, तौल घट्ने र कमजोरीजस्ता लक्षण देखिन्छ।
Facebook Comments Box


