मोरङ, २६ कात्तिक । मोरङको विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
विराटनगरको बरगाछीमा भएको सवारी दुर्घटनामा ४५ वर्षीया रोहिता अधिकारीको मृत्यु भएको हो । मृतक अधिकारीको घर सर्लाहीको हरिपुर–१ रहेको खुलेको छ। सर्लाहीबाट श्रीमान् विमल कोइरालासँग विराटनगर आउने क्रममा भारतीय नम्बरको ट्रकसँग ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अधिकारीको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् विमलको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दुर्घटनामा संलग्न ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box


