
झापा, २ मंसीर । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ९० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



