गौरीगञ्ज, ६ मंसीर । झापाको गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारी बजारमा आज दिउँसो बिउबिजनको व्यापार गरिरहेका ७२ वर्षीय सम्पतलाल राजवंशी अचानक चक्कर आएर बेहोस भएका थिए ।
उनीलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्याइएको थियो । तर, साँझ ४ः३५ बजे उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा खटिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


