झापा, ७ मंसीर । देशको मौसममा पश्चिमी वायुको प्रभाव हटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसअघि गत शुक्रबार बिहानदेखि हिजो शनिबार बिहानसम्म नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव थियो। अहिले भने मुलुकमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ८ बजे दिएको जानकारीअनुसार आज दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै आज राति कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आज काठमाडौँ उपत्यकामा पनि मौसम आंशिक बदलीदेखि मुख्यतया सफा नै रहने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए।
Facebook Comments Box


