
झापा, ८ मंसीर । नेपालको निर्यात ह्वात्तै बढेको छ । चार महिनामा साढे ७७ प्रतिशतले निर्यात बढेको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म नेपालले ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपैयाँको निर्यात गरेको छ। गत आवको सोही अवधिमा यस्तो निर्यात ५२ अर्ब ६७ करोड ७ लाख १० हजारको भएको थियो ।
यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख ३३ हजारको आयात भएको छ। विभागका अनुसार गत आवको सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजारको आयात गरिएको थियो । योसँगै व्यापारघाटा समेत ११.९९ प्रतिशतले बढेको छ । यो अवधिमा नेपालले ७ खर्ब २ अर्ब ९४ करोड ७० लाखको कुल वैदेशिक व्यापार गरेको छ । जुन गत आवको सोही अवधिभन्दा २४.१८ प्रतिशतले बढी हो ।
Facebook Comments Box



