झापा, ११ मंसीर । झापाको बुद्धशान्ति–३ निवासी मृर्गौला पीडित पूर्वमेनपावर व्यवसायी किरणकुमार राईलाई बिर्तामोडका वैदेशिक रोजगार व्यवसायीहरुले आर्थिक सहयोग गरेका छन् ।
दुवै मिर्गौला बिग्रिएर उपचाररत किरणकुमारको उपचारमा सहयोग गर्ने उद्देश्यले बिर्तामोडका व्यवसायीबाट संकलित १ लाख ७७ हजार रुपैयाँ प्रदान गरिएको वैदेशिक रोगजार व्यवसायी संघका उपाध्यक्ष प्रकाश राईले जानकारी दिनुभयो ।
किरणकुमार हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्छ । अस्पतालमै पुगेर बुधबार उहाँलाई व्यवसायी कुमार लिम्बू र सुनिल अधिकारीले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । “सुख–दुःखमा हामी सबै व्यवसायी एकठाउँमा छौं”, उपाध्यक्ष राईले भन्नुभयो, “उहाँको उपचारमा थप सहयोग चाहिन्छ, सबै व्यवसायीलाई सहयोग गर्न म आग्रह गर्छु ।”


