झापा, १५ मंसीर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झापाको दमकबाट लुटिएका विभिन्न हतियारका गोली फेला परेको छ । विभिन्न हतियारको ५८ राउण्ड फेला परेको हो । आइतवार दिउँसो दमक नगरपालिका–७ स्थित पशुहाट बजारको पछाडी होम पाइपमा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ ।
गोली बेवारिसे अवस्थामा फेला परेको स्थानीयबासीले इलाका प्रहरी कार्यालय दमक जानकारी गराएपछि प्रहरीले ती गोली बरामद गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले उक्त स्थानबाट सेतो प्लास्टिक पोका पारिएको अवस्थामा ७.६२ मिमि ३०३ राइफलको ८ राउण्ड गोली, ५.५६ मि.मि इन्सास राइफलको ५० राउण्ड गोली बरामद भएको थियो ।

Facebook Comments Box



