सुनसरी, १७ मंसीर । सुनसरीको इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले लागूऔषध ब्राउन सुगर ओसार पसारमा संलग्न ४ जनालाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम र २ जनालाई १ ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
मंगलबार दिउँसो सुनसरीको रामधुनी नगरपालिका–१ स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–५ का ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगरपालिका–१८ का २० वर्षीय मोहमद साबिर, २४ वर्षीय रहमत अली र २४ वर्षीय मोहमद असलमलाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

सोही दिन झापाको प्रहरी चौकी टाघनडुब्लाले शिवसताक्षी नगरपालिका–६ का ओम नारायण राजवंशी र मनोज राजवंशीलाई १ ग्राम ४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।



