
मोरङ, २२ गते । मोरङको रतुवामाई नगरपालिका–१ स्थितबाट ६७८ किलोग्राम लागुऔषध गाँजा बोकेको ट्रकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले प्र.१–०१–००१ ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा फल्स डाला जोडी लुकाई छिपाई राखेको अबस्थामा ६७८ किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–२ का समेल राई र सोही ट्रकमा सवार सहिदभूमि गाउँपालिका–१ का विक्रम विशुङ्खेलाई समेत नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box


