
झापा, २३ मंसिर । झापाको शिवसताक्षी नगरपालिका–१० माइधारस्थित माईखोला र सरदारे खोलाको दोभानमा स्थानीय जीवनटोलकी ६२ वर्षीया बिमला माझी सोमबार बिहान पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी छन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई पोष्टमार्टमका लागि आम्दा अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


