
झापा, २४ मंसिर । ‘मानव अधिकार, जीवनको अपरिहार्य आधार’ भन्ने मुल नारालाई आत्मसात गदै ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस झापामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
मानव अधिकार सञ्जाल झापाको आयोजना सुरुवाती कोठा नेपाल, एम्नेस्टि इन्टरनेशनल, एसएन जेडी, मानव अधिकार प्रतिष्ठन लगायतका संस्थाको सहकार्यमा झापाको मुक्तिचोकमा प्रभातफेरी तथा मानव अधिकारको सम्बर्द्धन तथा पर्वद्धनमा सरोकार वालाको भुमिका विषयक अन्तरक्रिया गरेर मनाइएको हो ।
प्रभातफेरीमा संघ सस्थाको प्रतिनिधि स्वरुप एबिसि नेपालकी कञ्चना सिटौला, एम्नेस्टि इन्टरनेशनलका प्रतिनिधि सुरेशकुमार भद्रपुरे, हुर्फनका जिल्ला अध्यक्ष तोया काफ्ले, पत्रकार रेजिना रोदन लगायतले मन्तव्य राखेका थिए ।
प्रभातफेरी पश्चात अन्तरक्रिया कार्यक्रममा इन्सेकका जिल्ला स्रोत व्यक्ति अधिवक्ता नरेश खातीले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रतिवेदन पेश गर्नु भएको थियो । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राज्यले नागरिकप्रति अधिकार पालना गर्ने कुरा बताउनुभयो ।
विशेष अतिथि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन लिम्बूले प्रहरीले नागरिकको मानव अधिकार सुनिश्चिततामा दिनरात कार्य सम्पादन गरेको बताउनुभयो ।
मानव अधिकार रक्षक परिषद, कोशी प्रदेश अध्यक्ष विष्णु खरेल तथा महासचिव कमल कोइराला तथा सञ्चारकर्मी स्वास्तिका आचार्यले अझै पनि अधिकारको वकालत अधिकारकर्मीले गरिराख्नु परेको बताउनुभयो ।
अधिकारकर्मी दीपक दास सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता मानव अधिकार सञ्जाल झापा अध्यक्ष प्राडा रुपक खनालको गर्नुभएको थियो ।


