
उच्च रक्तचाप, मधुमेह, मोटोपना तथा युरिक एसिड जस्ता स्वास्थ्य समस्या व्यक्तिको जीवनशैलीसंग समेत सम्वन्ध राख्दछ । खानपान तथा शारीरिक क्रियाकलापमा सामान्य ध्यान दिँदा यी रोगहरुबाट जोगिन त सकिन्छ नै रोग लागेकै भएपनि नियन्त्रणमा लिन सकिन्छ । डा प्रकाशराज रेग्मीले यी चारवटा स्वास्थ्य समस्याबाट मुक्तहुन केही टिप्सहरु दिएका छन् । हेरौँ ति टिप्सहरु –
उच्च रक्तचाप भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु –
नून र चिल्लो पदार्थको सेवन कम गर्ने ।
धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि
मोटोपना घटाउने ।
दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।
गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने ।
गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने ।
ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने ।
नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।
मधुमेह (चिनीरोग) भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु –
चिनी र चिनीबाट बनेका परिकार नखाने ।
धूमपान, सूर्तिजन्य पदार्थ मद्यपान जस्तैः रक्सी, चूरोट, खैनी, बिडी आदि सेवन नगर्ने ।
नून र चिल्ला कम खाने ।
खानासंगै सलाद, हरियो सागसब्जी प्रशस्त मात्रामा खाने ।
गहुँ, मकै, कोदो, फापरबाट बनेका परिकार खाने ।
शारिरीक व्यायामः दैनिक १ घण्टा हिंड्ने, खेतबारीमा हल्का काम गर्ने, सामान्य खेलकूदमा सहभागी हुने ।
योगासन, ध्यान, प्राणायाम गर्ने ।
लामो समय सम्म भोकै नबस्ने ।
मोटोपना घटाउन ध्यान दिनु पर्ने कुराहरु –
चिनी र चिनीबाट बनेका परिकार नखाने ।
घ्यू, बटर, बोसो नखाने ।
चिल्लोमा फ्राइ गरेको खाना नखाने ।
खाने तरकारीमा जति सक्यो कम तेल हालेर पकाउने ।
खाना खानु भन्दा अगाडी १ कटौरा हरियो सलाद खाने ।
बेलुकीको खानामा २ पिस रोटी, दाल १ कटौरा, हरियो सागसब्जी र सलाद खाने ।
शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने जस्तैः १ घण्टा हिंड्ने, खेतबारीमा काम गर्ने, खेलकूदमा भाग लिने, पौडी खेल्ने ।
प्रशस्त मात्रामा पानी पिउने । भोक लाग्दा फलफूल खाने । (केरा र आँप बाहेक)
धूमपान, मद्यपान, सूर्तिजन्य पदार्थको सेवन नगर्ने । जस्तैः रक्सी, चूरोट, खैनी, पान, सूर्ती, बिडी आदि ।
योग÷ध्यान, प्राणायाम गर्ने र तनावमुक्त जिवन जिउने ।
दैनिक ६ देखि ८ घण्टा सुत्ने ।
बिहान उठ्ने बित्तिकै २ गिलास मन तातो पानी पिउने ।
यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु
रातो मासु नखाने जस्तै खसी, राँगा वा भित्री मासु कलेजो, मिर्गौला, गिदी आदि ।
मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने जस्तैः चूरोट, रक्सी, पान, जर्दा, सूर्ती, खैनी, आदि ।
प्रशस्त मात्रामा पानी पिउने ।
दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिंड्ने ।
योगासन, प्राणायाम गर्ने जस्तैः सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोभ विलोम आदि ।
दाल, गेडागुडी, कुरिलो, सिसिको अचार, गोलभेंडा, तामा जस्ता परिकारको उपभोग कम गर्ने ।
जंकफुड तथा बेकरी उत्पादनको प्रयोग कम गर्ने जस्तैः मःम, चाउचाउ, केक, बिस्कुट आदि । डा.प्रकाशराज रेग्मी, बरिष्ठ मुटुरोग विशेषज्ञ एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

