
बिर्तामोड, २९ मंसिर । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारणसभा अन्तरगतको एकाइ नं. १ को एकाइगत साधारणसभा सम्पन्न भएको छ ।
कनकाई नगरपालिका–३ स्थित कनकाई उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको एकाइगत साधारणसभामा सञ्चालक समितिबाट तयार गरिएको वार्षिक प्रगति प्रतिवेदन संस्थाका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद गौतमले प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाका लेखासुपरिवेक्षण समिति संयोजक अर्जुन लामा र ऋण उपसमितिको प्रतिवेदन संस्थाका ऋण उपसमिति संयोजक तुलसीराम गौतमले गर्नुभएको थियो ।

संस्थाको १३ औँ वार्षिक साधारणसभाको पूर्वनिर्धारित कार्यसूची अन्तर्गत प्रस्तुत गरिएको प्रतिवेदन अनुमोदनसमेत गरिएको, आर्थिक बर्ष २०८२–०८३ को वार्षिक कार्यक्रम र अनुमानित बजेट अनुमोदन गरिएको, चालु आर्थिक बर्ष २०८२–०८३ को लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक तोक्ने बिषयमा छलफल गरिएको, माइन्युट प्रमाणित गर्न प्रतिनधि चयन गरिएको साथै विविध बिषयमा छलफल भएको व्यवस्थापक सरोज दाहालले जानकारी दिनु भयो ।

स्वागत मन्तव्य एकाइ नं.. १ को एकाइ सहजकर्ता प्रदिप भण्डारी (सुरूङ्गा सेवाकेन्द्र प्रमुख) ले राख्नुभएको कार्यक्रमको सञ्चालन व्यवस्थापक सरोज दाहालले गर्नु भएको थियो । ३९ हजार १०५ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी १८ करोड ५१ हजार ७०० रुपैयाँ, बचत १ अर्व ७२ करोड ४१ लाख ९८ हजार १९६ रुपैयाँ र ऋण लगानी १ अर्व ९५ करोड १२ लाख २३ हजार ५८६ रुपैयाँ रहेको छ ।
मंसिर २९ गते देखि पुस ७ गते सम्म एकाइगत साधारणसभाको कार्यतालिका रहेको संस्थाको १३ औँ वार्षिक साधारणसभा सम्बन्धी अन्तिम माइन्युट प्रमाणीकरण सभा पुस १० गते हुने संस्थाका बजारीकरण विभाग प्रमुख वेद प्रकाश दवाडीले बताउनु भएको छ । हाम्रो नेपालको एकाई १ अन्तरगत सुरुङ्गा, झिलझिले, लक्ष्मीपुर, शिवगञ्ज र कामाटोली सेवाकेन्द्र रहेको छ ।



