
झापा, २३ पुस । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्प आउँदा धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ ।
भूकम्प स्थानीय समय अनुसार बिहान १०ः१८ मा पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटरको गहिराइमा आएको उल्लेख गर्दै, मौसम विज्ञान विभागले भूकम्पले जापानको शिमाने र टोटोरी प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।
भूकम्पकोमा घाइते भएका कारण सिमाने प्रान्तको माट्सु सिटीका चार जनालाई अस्पताल लगिएको थियो । भूकम्पले सहरका धेरै घरहरूको छतमा क्षति पुगेको सार्वजनिक प्रसारणकर्ता एन.एच.के.ले जनाएको छ ।
Facebook Comments Box


