
बिर्तामोड, १५ माघ । झापाको बिर्तामोड नगरपालिका–१ पञ्चकन्या प्लटिङमा गए राति एक घरबाट लाखौँको धनमाल चोरी भएको छ। स्थानीय पुनम देवी साहको घरलाई निशाना बनाउँदै चोरले सुन तथा चाँदीका विभिन्न गरगहना र नगदसहित करिब १९ लाख रूपैयाँ बराबरको सम्पत्ति लुटेर लगेका हुन्।
राति चोरले धनमाल चोरेर फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बिहान मात्र चोरी भएको थाहा पाएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए। घटना लगत्तै पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी अनुसन्धान अगाडि बढाएको छ। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box


