
बिर्तामोड, १६ माघ । नव सञ्चार गृह प्रालिद्वारा बिर्तामोडबाट प्रकाशन हुँदै आएको प्रतिदिन दैनिक आजदेखि १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ ।
आम पाठकलाई सुसूचित गर्ने उद्देश्यले स्थापित यस दैनिक आफ्नो उद्देश्यमा सफल भएको जनाइएको छ । पत्रिका आफ्नो उद्देश्यप्रति अडिग रहेको जनाइएको छ । पत्रिकाले आफ्नो असहज परिस्थितिका बाबजुद आफ्नो प्रकाशनलाई निरन्तरता दिँदै पत्रिकाको अनलाइन संस्करण प्रतिदिनडेली डटकम अनलाइन र प्रतिदिन टीभी युट्युव समेत सञ्चालन गर्दै आएको छ ।
स्थानीय समाचारलाई मुख्य प्राथमिकता दिएकै कारण प्रतिदिन दैनिक र यसको अनलाइन लोकप्रिय रहेको सम्पादक इन्द्रसिंह राजवंशी बताउँछन् । स्थानीय विषयवस्तुलाई प्रतिदिन दैनिकले राष्ट्रिय महत्वको बनाउने गरेको उनले बताए ।
विभिन्न उतारचढाव बेहोर्दै पत्रिकालाई यहाँसम्म ल्याइपु¥याउने आम पाठक, विज्ञापनदाता, पत्रिकाका सञ्चालक, व्यवस्थापन पक्ष, वितरक, शुभेच्छुक सबैलाई धन्यवाद दिँदै आगामी दिनमा समेत निरन्तर सहयोगको उनले अपेक्षा गरेका छन् ।


