
झापा, १७ माघ । झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले माघ १६ गते राति करिब ९ः५० बजे लागुऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
सम्मानित जिल्ला अदालत झापाले २०७८ साल फागुन १८ गते सुनाएको फैसलाअनुसार झापाको मेचीनगर–६, काँकडभिट्टामा बस्ने ३० वर्षीय राजेश राजबंशीलाई पाँच वर्ष कैद सजाय र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो। तर उनी फरार रहेका थिए।
प्रहरी टोलीले राजबंशीलाई लुकिछिपी बसिरहेको अवस्थामा उनको घरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाएको छ।
Facebook Comments Box


