
झापा, २८ माघ । झापाको कमल गाउँपालिका–७, ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ ।
झापा बाह्रदशी घर भई कमल ७ मा मामाको घरमा बस्दै आएका २५ वर्षीय युस राजवंशीको सिढीबाट लडेर मृत्यु भएको हो ।

मङ्गलबार अपराह्न ४ः३० बजे घरको सिढीबाट लेडेर घाइते हुनुभएको उराजवंशीको उपचारका लागि मामा राजकुमार ताजपुरियाले दमकको निम्स अस्पतालमा लगेकोमा चिकित्सकले ५ः४० बजेको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हाल उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक नविन राईको कमान्डमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

