
विराटनगर, १ फागुन । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २९ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका–४ चोप्राहाका २६ वर्षीय विपिन कुमार मण्डललाई ६ ग्राम ४ सय ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित रंगेली(७ स्थितबाट पक्राउ गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय तरहरा सुनसरीले इटहरी(२० स्थितबाट सोही स्थानका इमन याख्खा, सुजन राई र निमा घलेलाई प्रतिबन्धित औषधी ८० चक्की सहित, अस्थायी प्रहरी पोष्ट बस पार्क ईनरुवाले इटहरी–१८ का २४ बर्षीय परमेश्वर चौधरीलाई १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको अस्थायी प्रहरी चौकी जनताबस्तीले धरान–५ का फुर्वा तामाङलाई प्रतिबन्धित औषधी ५२ चक्की सहित इटहरी–५ बाट नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

