
विराटनगर, २९ माघ । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित
औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २८ गते झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज–२ स्थितमा मे १ ह ५६६७ नम्बरको ओटो टेम्पुलाई संका लागि चेकजाँच गर्दा अटोको म्याट भित्र ६ ग्राम ०९ मिलि ग्राम ब्राउन सुगर फेला पारी चालक शिवसताक्षी–२ का
दिल कुमार विश्वकर्मा, सवार गौरादह–८ का अमन ताजपुरिया, धरान–१६ का दिपा परियार र वेलबारी–९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–५ कालाबन्जार चोक स्थितबाट बराहक्षेत्र–६ का सुमित संजय गुप्तालाई प्रतिबन्धित औषधी ९५ पिस र स्कुफ २ बोतल सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबैजनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

