
झापा, ११ फागुन । धादिङमा बस दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते २८ जनाको सनाखत भएको छ । मृतकको सनाखत हुन बाँकी छ । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

