
भद्रपुर, ११ फागुन । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापाका पाँच वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिने भएका छन् ।
प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र राख्ने गरी तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा मतदान केन्द्रमा महिला कर्मचारीको मात्रै व्यवस्था गर्न लागिएको हो । पाँच वटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै महिला कर्मचारी खटाइने जनाइएको छ ।
झापामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७३८० जना जनशक्ति परिचालन गरिने जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

