
झापा, ११ फागुन । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसँग आज मतदाताको प्रत्यक्ष संवाद कार्यक्रम बिर्तामोडमा आयोजना हुँदैछ ।
वीरता जेसीज, अर्जुनधारा जेसीज, बुधबारे जेसीज र सुरुङा जेसीजको संयुक्त आयोजनामा ‘मतदातासँग प्रत्यक्ष संवाद (ककस)’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । नेपाल जेसीजको परिपत्रअनुसार तथा संवाद समूह झापाको सहजीकरणमा कार्यक्रम आज दिउँसो १ बजे बिर्तामोडस्थित अतिथि सदनमा हुनेछ ।

कार्यक्रममा झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूले आफ्ना चुनावी योजना, नीति तथा प्रतिबद्धताबारे मतदातासमक्ष धारणा प्रस्तुत गर्नेछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

