
झापा, १२ फागुन । हात्तीको आक्रमणबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
गत फागुन ७ गते बाह्रदशी गाउँपालिका–१ बोक्राझारीमा जंगली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी थिइन् । आफ्नो पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट आएको जंगली हात्तीले ५० वर्षीया लिला राजवंशी आक्रमण गर्दा गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।

तर, उपचारको क्रममा सोमबार राति लिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

