
झापा, १३ फागुन । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाद प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीश डा.मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले व्यक्तिगत स्वतन्त्रताको हक, थुनाको औचित्य अभाव, गम्भीर खतरा नदेखिएको तथा पक्राउ प्रक्रियामा त्रुटि भएको आधारमा बन्दीप्रत्यक्षीकरण रिटमा फैसला सुनाएको हो ।
प्रसाईंलाई सार्वजनिक शान्ति भंग, अफवाह फैलाएको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रहरीले हिरासतमा राखेको थियो । अदालतले अनुसन्धान भने कानुन बमोजिम जारी रहने स्पष्ट गरेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


