
झापा, १४ फागुन । जेनजी आन्दोलनका बेला लुटिएको थप म्यागजिन र गोली भेटिएको छ । बुधबार साँझ इलाका प्रहरी कार्यालय दमक परिसरमै फेला परेको हो ।
त्यहीँ कार्यरत प्रहरी जवान रमानन्दकुमार ठाकुरले इप्रका दमकको पछाडिपट्टि पर्खालको फेदमा सरसफाई गर्ने क्रममा इन्सासको म्यागजिन १ थान र ३ राउण्ड गोली फेला पारेका हुन् । उक्त म्यागजिन र राउण्ड इप्रका दमकबाटै गत भदौ २४ गते जेनजी आन्दोलनमा लुटिएको खुल्न आएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


