
झापा, १४ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकाबाट नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर ब्युरो इञ्चार्ज धमिल र झापा जिल्ला कमिटी सदस्य हेम अर्याललाई प्रहरी पक्राउ गरेको हो । बुधबार दिउँसो पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैबीच सो पार्टीका कार्यालय सचिव अविरलले एक प्रेस विज्ञप्ति जारी गरी संगठनात्मक कामको सिलसिलामा भएको बेला न्यूनतम लोकतान्त्रिक अधिकारलाई समेत कुल्चेर गैरन्यायिक गिरफ्तारी गरिएको भन्दै तत्काल रिहाई गर्न माग गरेका छन् । नेकपा बहुमतले निर्वाचनविरोधी गतिविधि गर्दै आएको छ । उसले निर्वाचन बहिष्कार पनि गरेको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


