
भद्रपुर, १५ फागुन । झापाका पत्रकारलाई बिहीबार निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरण प्रदान गरिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग, नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा जिल्लाका पत्रकारलाई अभिमुखीकरण प्रदान गरिएको हो ।
पत्रकार महासंघका पूर्व उपाध्यक्ष केशव भट्टराईले आचारसंहिता र पत्रकार गणेशमान मुखियाले निर्वाचन रिपोर्टिङका बारेमा अभिमुखीकरण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा अग्रज पत्रकार गोविन्दचन्द छेत्री, चिन्तामणि दाहाल, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार र सञ्चारिका समूह नेपाल झापाकी अध्यक्ष लीला अनमोलले मन्तव्य राख्नुहुँदै आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै महासंघ झापा अध्यक्ष एकराज गिरीले निर्वाचनमा रिपोर्टिङका बेला जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सवारी अनुमतिका विषयमा जानकारी गराउनुभएको थियो ।
महासंघ झापा शाखा उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचि राजु पाठकले गर्नुभएको थियो भने कार्यक्रमको समापन महिला उपाध्यक्ष विनिशा शर्माले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


