
झापा, १५ फागुन । पूर्वी नेपालको सङ्खुवासभामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ठिक ३ः१८ बजे ४.७ म्याग्निच्युडको यो भूकम्प गएको हो ।
केन्द्रबिन्दु सङ्खुवासभाको टोप्के गोला नजिकै रहेको बताइएको छ। यसको प्रभावले सङ्खुवासभा र ताप्लेजुङका विभिन्न गाउँ तथा बजार क्षेत्रमा कम्पन महसुस गरिएको थियो।
जिल्लाका सुरक्षा अधिकारीहरूका प्रारम्भिक रिपोर्ट अनुसार अहिलेसम्म कुनै पनि मानवीय क्षति वा भौतिक संरचनामा क्षतिको सूचना प्राप्त भएको छैन ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


