
झापा, १५ फागुन । झापाको दमक नगरपालिका–६ थाना रोडमा हरितयार फेला परेको छ ।
बिहीबार साँझ इलाका प्रहरी कार्यालय दमकबाट करिब २० मिटर उत्तर–पूर्वतर्फ रहेको याम्जि श्रेष्ठको खाली जग्गाको झाडीमा गस्ती टोलीले पुरानो र जलेको अवस्थामा रहेको एक राइफल फेला पारेको हो ।
प्रहरीका अनुसार Y13487 नम्बरको मार्क–४ राइफल काठको भाग पूर्ण रूपमा जलेको र सम्पूर्ण भागमा खिया लागेको अवस्थामा भेटिएको हो। उक्त हतियारलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको छ।
अनुसन्धान क्रममा उक्त राइफल २०८२ साल भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थियो भन्ने तथ्य कार्यालयको अभिलेखबाट पुष्टि भएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


