
बिर्तामोड, २० फागुन । झापाको बिर्तामोड नगरपालिका–५ बाट तास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यहाँस्थित ग्लोबल आईएमई बैंक छेउमा तास खेलिरहेको अवस्थामा मंगलबार राति १०ः३० बजे सोही स्थानका ४४ वर्षीय पुरुषोत्तम सुवेदीको घरमा तास खेलाइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का ३५ वर्षीय अमरबहादुर तामाङ, सोही स्थानका ४९ वर्षीय पुरुषोत्तम सुवेदी, ३९ वर्षीय युवराजप्रसाद साह र भारत वेष्ट बंगाल उत्तर दिनासपुरका ३३ वर्षीय बिपुल रोयलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट एक बुङ तास र नगद १८ हजार ५३५ रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


