
झापा, २० फागुन । झापाको बिर्तामोड नगरपालिका–४ मुनालटोलमा मंगलबार राति विद्युत् सट भई आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
सिनुराम मगरले बनाएको टिनको छानो भएको भुइँतल्ले घरमा आगो लाग्दा लत्ताकपडा, खाद्यान्न तथा १५ वटा कुखुरा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी राति ११ः३५ बजे स्थानीय, प्रहरी तथा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगो निभाउने क्रममा सिनुराम मगरको हातखुट्टा सामान्य जलेको छ भने उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


