
झापा, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको अघिल्लो दिन बुधबार देशभर विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिएका छन्। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ चपली र नागार्जुन नगरपालिका–२ मा राखिएका शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले देशभर १४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको जानकारी दिए। उनका अनुसार ती सबै वस्तु आतङ्कित पार्ने उद्देश्यले राखिएका ‘होक्स’ मात्र थिए ।
कोशी प्रदेशको ताप्लेजुङ, मोरङ, सुनसरी र उदयपुरमा शङ्कास्पद बस्तु फेला परेको थियो । मधेस प्रदेशका पर्सा, धनुषा, महोत्तरी र सर्लाहीमा शङ्कास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कञ्चनपुरमा शङ्कास्पद बस्तु भेटिएको थियो । गण्डकीको बागलुङ र कास्कीमा शङ्कास्पद बस्तु भेटिएको थियो । सबै शङ्कास्पद बस्तु सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


