
झापा, २२ फागुन । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४ सय २८ मत पाएका छन् ।
हालसम्म ९ हजार ४१२ मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका बालेनले ओलीलाई ५ हजार १२३ मतले पछाडि छाडेका छन् । यस्तै, श्रम संस्कृति पार्टीका शिवन मगरले तीन सय ८१, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले दुई सय १२, नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले एक सय ६५ मत र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले एक सय ३६ मत प्राप्त गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


