
झापा, २२ फागुन । झापा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरले ५ हजार ९ सय ९४ मत पाउँदा नेकपा एमालेका देवराज घिमिरेले ९६९ मत ल्याएका छन् ।
हालसम्म नौ हजार एक सय ४६ मत गणना हुँदा पहिलो र दोस्रो उम्मेदवार बीचको मतान्तर ५०२५ देखिएको छ ।
श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी नौ सय २८ मतका साथ तेस्रो स्थानमा, नेपाली कांग्रेसकी सरिता प्रसाईं पाँच सय ९० मतका साथ चौथो, राप्रपाका भद्रप्रसाद नेपाल तीन सय ६६ मतका साथ पाँचौं र नेपाली कम्युनिष्ट पार्टीकी धर्मशीला चापागाईं एक सय १३ मतका साथ छैठौं स्थानमा हुनुहुन्छ ।
झापा क्षेत्र नम्बर २ मा ९६ हजार चार सय ३६ मत खसेको छ । हालसम्मको मतगणनामा पाँच सय सात मत बदर भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


