
झापा, २३ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्य भारी मतान्तरसहित विजयी भएकी छन् । उनले ५५ हजार ५१३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्र पाए ।
आचार्य र कोइरालाबीचको मतान्तर ४२ हजार ६६३ रहेको छ । यस क्षेत्रमा अन्य उम्मेदवारले १० हजार मत कटाउन सकेनन् । २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट डा. कोइराला विजयी बनेका थिए ।
रुबिना आचार्य सामाजिक अभियन्ता तथा युवा नेतृका रूपमा परिचित छिन् । उनले विवेकशील साझा पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरेकी थिइन् । महिला सशक्तीकरण, लैंगिक समानता र सामाजिक न्यायलाई आफ्नो प्रमुख मुद्दा बनाउँदै आचार्यले विभिन्न सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गरेकी छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


