
वीरगन्ज, २३ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन्। उनले एमालेका प्रदीप यादवलाई १४ हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पन्तले २७ हजार २७४ मत प्राप्त गरे भने यादवले १३ हजार ३० मत पाए । नेपाली कांग्रेसका अनिल रुंग्टाले ११ हजार ८८५ मत प्राप्त गरेका छन् ।
पर्सा–१ मा कुल ८९ हजार ६३८ मतदाता रहेकोमा ६१ हजार ३०६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


