
झापा, १ चैत । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा झापा जिल्लामा पाँच दशमलव १३ प्रतिशत मत बदर भएको छ ।
यहाँका पाँच वटा निर्वाचन क्षेत्रमा पाँच दशमलव १३ अर्थात् २३ हजार तीन सय ५४ मत बदर भएको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । जिल्लामा चार लाख ५७ हजार चार सय ३५ मत खसेकोमा चार लाख ३४ हजार ८१ मत सदर भएको उहाँले बताउनुभयो ।
झापा क्षेत्र नम्बर १ मा चार हजार दुई सय ६९ मत बदर भएको छ । यो क्षेत्रमा ८२ हजार पाँच ६० मत खसेकोमा ७८ हजार दुई ९१ मत सदर भएको छ ।
झापा क्षेत्र नम्बर २ मा चार हजार चार सय ६९ मत बदर भएको छ । यो क्षेत्रमा ९५ हजार सात सय ९२ मत खसेकोमा ९१ हजार तीन सय २३ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापा क्षेत्र नम्बर ३ मा पाँच हजार छ सय २९ मत बदर भएको छ । यो क्षेत्रमा ८८ हजार एक सय ३५ मत खसेकोमा ८२ हजार पाँच सय छ मत सदर भएको छ ।
झापा क्षेत्र नम्बर ४ मा चार हजार सात सय ६८ मत बदर भएको छ । ८१ हजार दुई सय २२ मत खसेको यो क्षेत्रमा ७७ हजार ५४ मत सदर भएको छ ।
झापा क्षेत्र नम्बर ५ मा चार हजार दुई सय १९ मत बदर भएको छ । एक लाख छ हजार पाँच सय ५७ मत खसेको झापा ५ मा एक लाख दुई हजार तीन सय ३८ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।


