
झापा, १ चैत । गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार साँझ माइक्रोबस दुर्घटना हुँदा सात भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्किरहेका यात्रु सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस करिब २०० मिटर तल खसेको थियो।
मृतक सातै जना भारतीय नागरिक हुन्—मुतु कुमार (५८), अनामलिक (५८), मिनाक्षी (५९), सिवगामी (५३), बिजायल (५७), मिना (५८) र तमिलारशी (६०)।
माइक्रोमा १६ जना सवार रहेका मध्ये ९ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ। चालक पुष्प मल्ल ठकुरी (४६) र सहचालक सन्तोष गुरुङ (२९) समेत गम्भीर घाइते भएका छन्।
मृतकको शव प्रदेश अस्पताल गोरखा पठाइएको छ भने घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेका यी हुन् ९ घाइते
१) चालकः जिल्ला लमजुङ सुन्दरबजार न.पा. १ बस्ने बर्ष ४६ को पुष्प मल्ल ठकुरी. बाहिरी चोट नभएको, भित्री चोट। हल्का बोल्न सक्ने अवस्था सिरियस (मा.प.से. नभएको- पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको (साथमा प्र.ह. गुड्डु नाउ हजाम खटि गएको)
२) सह-चालकः- जि. लमजुङ बेशीशहर न.पा. ३ बस्ने बर्ष २९ को सन्तोष गुरुङ टाउको र अनुहारमा चोट अवस्था सिरियस – पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको।
३) देश भारत बस्ने वर्ष अन्दाजी ६२ की सोरनम शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस -पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
४) ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ६५ का मंगदा जलम शरीरको विभिन्न भागमा चोटअवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
५) ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ७५ की सुभाद्रा शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
६) ऐ.ऐ. बस्ने वर्ष ६५ की मयाल शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
७) ऐ.ऐ. बस्ने वर्ष ७३ की सरोजा शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
८)ऐ.ऐ. बस्ने वर्ष ६५ की भाग्यलक्ष्मी शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
९)ऐ.ऐ. बस्ने वर्ष ३४ की मिनाक्षी शरिरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको।


