
भद्रपुर, ३ चैत । झापाको भद्रपुर नगरपालिका–९ पोकापाडा चोकस्थित चारआली–चन्द्रगढी सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन् ।
आज दिउँसो करिब १३ः१५ बजे चारआलीतर्फबाट चन्द्रगढीतर्फ आउँदै गरेको म.प्र.१–०३–०४२ प ९४७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–०१२ प ७१६७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ९४७५ नम्बरको मोटरसाइकल चालक २९ वर्षीय विशाल राजवंशीको बायाँ हात, खुट्टा र गालामा चोट लागेको छ। त्यस्तै ७१६७ नम्बरको मोटरसाइकल चालक २६ वर्षीय अभिषेक रामको दाहिने हात र खुट्टामा चोट लागेको छ।
दुवै घाइतेको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


