
झापा, ४ चैत । झापाको झापा गाउँपालिका–५ सिमलडाँगीमा आज साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
विद्युत् तार सर्ट भई आगलागी हुँदा स्थानीय मुस्ताफा अलिको टाटी बेरा र टिनको छानो भएको एकतले घरमा रहेका दुईवटा सुत्ने कोठा, गाईगोठ, भान्सा कोठा लगायत घरमा रहेको अन्नपात, लत्ता–कपडा, भाँडावर्तन, डेढ तोला सुन, ३० तोला चाँदी, नगद ८० हजार, फ्रिज, रंगीन टिभी र मोटरसाइकल समेत पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी चौकी शरणामति, भद्रपुर नगरपालिकाको दमकल तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनामा कुनै मानवीय र चौपाया क्षति नभएको जनाइएको छ ।
Facebook Comments Box


