
झापा, ५ चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएको छ। सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पत्र बुझाउनुभएको हो ।
पार्टीका एक पदाधिकारीका अनुसार उक्त राजीनामाबारे भोलि बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । उहाँले दिनुभएको राजीनामा पत्र हालसम्म सार्वजनिक गरिएको छैन । शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको केन्द्रीय समिति बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ ।
प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि नैतिक जिम्मेवारी वहन गर्दै सभापति थापाले पदबाट राजीनामा दिनुभएको हो । फागुन २१ गते सम्पन्न निर्वाचनमा उहाँ सर्लाही–४ बाट पराजित हुनुभएको थियो । निर्वाचन परिणामपछि पार्टीभित्र उहाँप्रति आलोचना बढ्दै गएको थियो र राजीनामाको मागसमेत उठिरहेको थियो ।


