
झापा, १० चैत । झापाको कचनकवल गाउँपालिका–४ मा मोटरसाइकल र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार साँझ कचनकवल गाउँपालिका–४ केचनामा बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको द्यच्(ज्ञज्ञ(ऋ(घण्ठज्ञ नम्बरको भारतीय मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००२ ह ६४११ नम्बरको सिटी आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक कचनकवल–४ का ५० वर्षीय सुकदेव गणेश गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा पठाइएको थियो । तर, चिकित्सकले बेलुका ७ः१५ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले सिटी चालक झापा कचनकवल गाउँपालिका–४ बस्ने १९ वर्षीय सैजन मियालाई नियन्त्रणमा लिएको छ। साथै, दुर्घटनामा संलग्न सिटी र मोटरसाइकल पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


