
झापा, १० चैत । झापाको भद्रपुर नगरपालिका वडा नं. ८ स्थित क्याम्पस मोडमा आमामाथि निर्घात कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुर–८ क्याम्पस मोडकी ७९ वर्षीया चन्द्रमाया घिमिरेलाई उनका छोरा ३७ वर्षीय यशिस घिमिरेले कुटपिट गरेको दृष्य सञ्चार माध्यममा प्रसारण भएको थियो । आमामाथि निर्घात कुटपिट गर्ने यशिस घिमिरेलाई प्रहरी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
साथै, चन्द्रमायाको उद्धार गरी स्वास्थ्योपचार भइरहेको विज्ञप्तिमार्फत् जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


